दाङको गढवा बहुमुखी क्याम्पस सभापतिमा एसनिकट उम्मेदवार विजयी

दाङको​ गढवा बहुमुखी क्याम्पसमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका विद्यार्थी नेता विजयी भएका छन् ।

गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियूका इबराज यादव सभापतिमा निर्वाचित भएका हुन् । यादवले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत ल्याए ।

सभापति पदमै अखिल क्रान्तिकारी वैद्यनिकटका विशाल यादवले चार मत प्राप्त गरेका छन् । कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो ।

स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो ।

सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियूकी पुष्पा खड्का ७० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।

अखिल छैटौँकी पुष्पा धितालले ३८ मत पाइन् । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार १९:४७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया