डोटीको केदार ज्योतिपुञ्ज क्याम्पसमा नेविसंघको प्यानल विजयी

डोटीमा रहेको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस विपीनगरमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

आइतबार सम्मपन्न स्ववियुको निर्वाचनमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धनलाई पराजित गर्दै नेविसंघको प्यानल विजयी भएको हो । 

स्ववियु अध्यक्षमा नेविसंघका निर्मल बम ४८ मत सहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारीका सुरेन्द्र साउदले ४१ मत प्राप्त गरेका छन् । 

त्यस्तै सचिवमा नेविसंघका सरोज साउद ४७ मत सहित विजयी भए भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका एकम भाटले ३९ मत प्राप्त गरे ।

कोषाध्यक्षमा पनि नेविसंघकै यसोदा कलेल ४६ मत सहित विजयी भएन भने उनका प्रतिद्वन्दी मञ्जिय ताडीले ३९ मत प्राप्त गरिन् । त्यस्तै, सदस्यहरुमा नेविसंघकी रमिता बोहरा, अस्मिता बोगटी र हिरा पुन मगर सहित निर्वाचित भएकी छन् ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार २०:५८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया