चैत १२ गतेसम्ममा निर्वाचन सम्पन्न गराउन त्रिवि कुलपतिको निर्देशन

त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयले आइतबार स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा चैत १२ गतेसम्ममा निर्वाचन सम्पन्न गराउन निर्देशन दिएको छ ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले विज्ञप्ति जारी गर्दै चैत १२ गतेदेखि परीक्षा सञ्चालन गर्ने कार्यतालिका रहेकोले त्यसअघि नै स्ववियु गठन गर्न आग्रह गरेका हुन् । उनले स्ववियु चयन गर्न सफल क्याम्पसलगायत, पदाधिकारी, प्राध्यापक, विद्यार्थीलाई धन्यवाद दिएका छन् ।

स्ववियुलाई हारजित नसम्झी, आपसी समझदारी गरी विद्यार्थीको हकहितलाई केन्द्रमा राखेर निर्वाचन प्रक्रियालाई सम्पन्न गर्न उनले अनुरोध गरेका छन् । 

निर्वाचन निर्देशिकामा भने वैशाख ५ गतेसम्म निर्वाचन गराउन सकिने व्यवस्था छ ।





  • प्रकाशित मिति : चैत ५, २०७९ आइतबार २१:५८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया