यू–१७ महिला साफमा नेपालले आज भारतसँग खेल्दै

साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ ।

बंगलादेशको ढाकामा आजदेखि हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । भारत पनि नेपाललाई हराउँदै प्रतियोगितामा जितका साथ सुरुवात गर्ने योजनामा छ । 

आजै हुने दोस्रो खेलमा आयोजक बंगलादेश र भुटान प्रतिस्पर्धा गर्ने छन् ।नेपालले दोस्रो खेलमा बुधबार भुटान तथा तेस्रो खेलमा आइतबार रुसको सामना गर्ने तालिका छ । 

नेपालले अन्तिम खेलमा आर्को साताको मंगलबार बंगलादेशको सामना गर्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । प्रतियोगितामा बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता छ ।

नेपाली टोली :



गोलकिपर– सुजता तामाङ, राधिला ओली र करुण बुढाथोकी ।

डिफेन्डर– अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही र रेणु लिम्बू ।



मिडफिल्डर– माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ ।

फरवार्ड– दीपा रोकाया, वर्षा ओली र सेनु परियार ।

  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ७:११:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया