पद्यकन्या क्याम्पस (पिके) को स्ववियु सभापतिमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) की ज्योती पनेरु निर्वाचित भएकी छन् ।
पनेरु माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी त्रिसना आले मगरलाई हराउँदै सभापतिमा निर्वाचित भएकी हुन् । त्यस्तै, सचिवमा भूपेश्वरी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली विजयी भएका छन् ।
उनीहरूले पनि नेविसंघबाटै उम्मेदवारी दिएका थिए । सचिवमा एमालेनिकट अनेरास्ववियुकी सुनैना श्रेष्ठ र कोषाध्यक्षमा सुजाता सुनार पराजित भइन् । पिकेमा अखिल क्रान्तिकारी र अनेरास्ववियुबीच तालमेल भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।