अछाममा विद्यार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु मृत्यु भएको छ । साथै, दुर्घटनामा चारजना घाइते भएका छन् ।
दुर्घटनामा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका–३ का वडाध्यक्ष नौले रावलले जानकारी दिए । १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक घाइते भएका छन् ।
घाइतेको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जानेक्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिकाको दर्वा र बगुडाको बुढा खोला भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।