फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) घरेलु मैदानमै पराजित भएको छ । पार्क डेस प्रिन्सेसमा गएराति सम्पन्न खेलमा ऊ रेनेससँग २–० ले पराजित भएको हो ।
पिएसजीलाई हराउन रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइनगाले गोल गरे । खेलको पहिलो हाफको इन्जुरी समयमा कार्ल टोको एकम्वीले गोल गर्दै रेनेसलाई अग्रता दिलाए । ४८औँ मिनेटमा एर्नाउड कालीमुइन्डो मुइनगाले टोलीलाई दोब्बरको अग्रता दिलाए ।
पिएसजीले अग्रपंतिमा स्टार फरवार्ड लियोनल मेस्सी र केलियन एमबाप्पेलाई सुरुवातदेखि नै मैदान उतारे पनि दुवै खेलाडी गोल गर्न चुके । फ्रेन्च लिग वानमा पिएसजीको यो चौथो हार हो ।
हारका बाबजुद पिएसजी २८ खेलबाट ६६ अंकका साथ लिगको शीर्ष स्थानमा कायमै छ । रेनेस ५० अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।