हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भेगका केही स्थानमा तथा तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
काठमाडौं उपत्यकामा बिहानैदेखि सामान्य बदली रहेको छ । अपरान्हतिर हल्का वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा बढी धरानमा २७ मिलिमिटर वर्षा भएको छ ।
जनकपुरमा २०, सिमरामा १६, धनकुटामा सात, ताप्लेजुङमा पाँच, विराटनगरमा छ र जिरीमा सात मिलिमिटर वर्षा मापन गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १० र अधिकतम तापक्रम २१ डिग्री सेल्सियस रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।