एमाले र राप्रपाले किन समर्थन फिर्ता लिए थाहा छैन : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र राप्रपाले आफूलाई दिएको विश्वासको मत फिर्ता लिनुको कारण दिनुपर्ने बताएका छन् । 

‘उहाँहरूले स्थायित्व भन्नुभएको थियो तर पछि किन समर्थन फिर्ता लिनुभयो मलाई थाहा छैन,’ प्रचण्डले भने, ‘त्यो कुरा उहाँहरूलाई नै थाहा होला । तर अहिलेसम्म उहाँहरूले सरकारको यो निर्णय गलत भएकाले समर्थन फिर्ता लिएका हौँ भन्न सक्नुभएको छैन । त्यसमा मलाई खुसी छ ।’ 

प्रधानमन्त्री प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको पनि बताए । 

‘यति छिट्टै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो,’ उनले भने । 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १३:५२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया