प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्दैन, अब यो गठबन्धन टुट्दैन  : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब विश्वासको मत लिने अवस्था नआउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

गत २६ पुसमा विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभामा फेरि विश्वासको मत मागेका छन् । आजको संसद बैठकमा बोल्दै एमाले र राप्रपाका नेताहरुले प्रधानमन्त्रीले दुई महिनामै पुनः विश्वासको मत लिने अवस्था आएकोले फेरिपनि त्यस्तै अवस्था त आउने होइन भनेर प्रश्न गरेका थिए ।

सोही विषयमा अध्यक्ष नेपालले  त्यस्तो अवस्था नआउनेमा आफूलाई पूरा विश्वास रहेको बताए । अध्यक्ष नेपालले अब यो गठबन्धन नटुट्ने समेत बताएका छन् । ‘त्यो अवस्था आउँदैन भन्ने कुराको मलाई विश्वास छ । अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ,’ उनले भने,  ‘राष्ट्रको सबै चुनौतीहरूको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अगाडि बढ्छ ।’  





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १५:५२:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया