कोसी प्रदेशका मुख्यमन्त्री सवार गाडीमा तोडफोड प्रयास

ओखलढुंगामा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा तोडफोड प्रयास भएको छ । 

ओखलढुंगा सदरमुकामबाट तलुवा सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा गोरुमारे भञ्ज्याङमा आन्दोलनकारीले सवारी तोडफोडको प्रयास गरेका हुन् ।

कोसी नाम सच्याउन माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरले मुख्यमन्त्री सवार गाडीको झन्डा भाँचेर फालेका छन् । उनीहरूले मुख्यमन्त्रीलाई कालोझन्डासमेत देखाएका थिए ।

पहिचानका आधारमा नामकरण गर्न माग गर्दै प्रदेशभर आन्दोलन भइरहेको छ ।
 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १६:१९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया