एमाले–माओवादी गठबन्धन टुट्ने आकलन पहिलो दिनमै गरेको थिएँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादीसहितको गठबन्धन टुट्ने आकलन आफूले पहिलो दिनमै गरेको बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै नेता नेपालले अहिले बनेको गठबन्धन भने तत्काल नटुट्ने उनले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै किन कसैसँग सहकार्य गर्न सकेको भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभा बै‌ठकलाई सम्बोधन गर्दै उनले आफ्नो कमजोरी सुधार नगर्ने नेताको कार्यशैलीका कारण अहिलेको राजनीतिक परिस्थिति उत्पन्न भएको बताए ।

नेपालले भने, ‘अहिलेको परिवेश उत्पन्न हुने कुरा पहिलो दोस्रो दिनमै आकलन गरेको थिएँ । राजनीतिको नाडी छामेरै यहाँसम्म आएका छौं ।’





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १६:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया