त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएका उपत्यकाका सात क्याम्पसलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो । त्रिविले अमृत क्याम्पस, लैनचौर, त्रिचन्द्र बहुमुखी क्याम्पस, घण्टाघर, रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, पाटन संयुक्त क्याम्पस, पाटनढोका, विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग, नेपाल कमर्स क्याम्पस मीनभवन र आयुर्वेद क्याम्पस, कीर्तिपुरलाई स्ववियु निर्वाचनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो।
उपत्यकाका सातवटा क्याम्पसमा के कति कारणले स्ववियु निर्वाचन हुन नसकेको हो ? भन्दै त्रिविले जवाफ पनि माग गरेको छ। तत्कालै क्याम्पसका सम्बद्ध पक्षसँग समझदारी कायम गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिविले निर्देशन दिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।