साफ यू–१७ महिला च्याम्पियनसिप : भारतसँग नेपालको फराकिलो हार

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसँग ४–१को फराकिलो हार व्यहोरेको छ ।

बंगलादेशको ढाकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालविरुद्ध सहज जित दिलाउन भारतकी सिल्जी साह्जीले ह्याट्रिक गर्दा पूजाले एक गोल गरिन् । नेपालकी वर्षा ओलीले एक गोल फर्काएकी थिइन् ।

खेलको दशौँ मिनेटमा साह्जीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ४०औँ मिनेटमा साह्जीले नै भारतको अग्रता दोब्बर पारिन् । 

त्यसको एक मिनेटपछि नै पूजाले गोल गर्दै भारतको अग्रता ३–० मा पुर्याइन् । खेलको ५४औँ मिनेटमा वर्षाले नेपालका लागि एक गोल फर्काएकी थिइन् । तर, ८०औँ मिनेटमा साह्जीले ह्याट्रिक गरेपछि भारतले ४–१ को जित निश्चित गरेको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रूसको सहभागिता छ ।





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १८:५५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया