भक्तपुर बहुमुखीमा (नेविसंघ) नेतृत्वको प्यानल विजयी

भक्तपुर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा तीन ठूला दल निकटको विद्यार्थीको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा संयुक्त प्यालनको तर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्वको प्यानल विजयी भएको हो ।

स्ववियुको आइतबार सम्पन्न निर्वाचनमा भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघका पुकार पराजुली ‘बी’ एक हजार एक सय ६७ मतका साथ निर्वाचित भएको सोमबार सार्वजनिक भएको हो । उनका निकतम प्रतिस्पर्धी नेपाल क्रान्तिकारी विद्यार्थी संघ (नेक्राविसंघ)का दिनेश खड्गीले ७ सय ६१ मत प्राप्त गरे ।

स्ववियुको सचिवमा यादव दुलाल १ हजार १ सय ४६, कोषाध्यक्षमा सुजन प्रधान ११७६ विजयी मत ल्यायएर विजयी भए । सदस्यहरुमा संयुक्त प्यानलका अस्मिता खनाल १२६९, निमेश नायभा १२२३, सजगकृष्ण पोखरेल ११८३, निरज कार्की १२९१, नवराज सिंह धामी १२५२, धिराज खड्का १२७०, सजना हुमागाईं १२६१ र तिलक पराजुली १२६२ मतका साथ विजयी भए ।

समानुपातिकतर्फ नेविसंघले ७६४, नेक्राविसंघले ५१६, अनेरास्ववियुले ३५३ र अखिल क्रान्तिकारीले २७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत डा. शेरसिंह रैखोलाले बताए । 

यस अनुसार नेविसंघले चार, नेक्राविसंघले तीन, अनेरास्ववियुले दुई र अखिल (क्रान्तिकारी)ले एक सदस्य सिट पाएका छन् । 

यस्तै, भक्तपुरकै सानोठिमी शिक्षा क्याम्पस सानोथिमिको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका रेशमलाल श्रेष्ठ विजयी भएका छन् ।





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार २०:१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया