थ्री नेसन्स कपका लागि नेपालको टोली घोषणा

प्रधानमन्त्री कप थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले मंगलबार २३ सदस्सीय टोली घोषणा गरेको हो । 

टोलीमा पहिलोपटक सात खेलाडीले अवसर पाएका छन् । टिममा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरीले पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना थ्री नेसन्स कप भोलिदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आइसकेका छन् । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन् । प्रतियोगिताको पुरस्कार राशि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उपलब्ध गराउने छन् । पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । त्यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्ने छन् ।

थ्री नेसन्स कपका लागि नेपाली टोली :

गोलकिपरः किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल ।



डिफेन्डरः सनिश श्रेष्ठ, विकास खवास, अनन्त तामाङ, पदम भट्टराई, आदित्य चौधरी, निशान खड्का ।

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, रोहित चन्द, कमल थापा, मणिकुमार लामा, भरत खवास ।



फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दीपकसिंह ठकुरी, अञ्जन विष्ट, आशिष चौधरी, सुमित श्रेष्ठ, मनिष डाँगी । 

  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १३:२५:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया