रवि लामिछानेलाई उन्मुक्ति दिन लागेको भन्दै अख्तियारमा उजुरी दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। शक्ति केन्द्रको दबाबमा परेर राहदानी विवादमा लामिछानेलाई उन्मुक्ति दिन लागेको भन्दै युवराज पौडेल सफलले उजुरी दिएका हुन्।

अमेरिकी नागरिकता कायम हुँदाहुँदै लामिछानेले नेपाल सरकारलाई गुमराहमा राखेर राहदानी लिएकाले अनुसन्धान गर्न उनले माग गरेका छन् । यथेष्ट प्रमाण हुँदाहुँदै लामिछानेलाई पक्राउ समेत नगरी आर्थिक लेनदेन, पदीय स्वार्थ र शक्ति केन्द्रको चलखेलमा उम्काउन खोजिएको उजुरीमा उल्लेख छ। 

महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ मा लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचल्ने निर्णय गरेका थिए । पौडेलले सोही दिन अख्तियारमा उजुरी दिएका हुन्।

पौडेलको निवेदनमा भनिएको छ, ‘जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपाने, उच्च सरकारी वकिल कार्यालय पाटन ललितपुरका कार्यालय प्रमुख कृष्णमोहन कोइराला र महान्यायाधिवक्ता कार्यालयका प्रमुख दिनमणि पोखरेलले समेत आफ्नो पदीय दायित्व एवं अख्तियारीको दुरुपयोग गरी राहदानी दुरुपयोग कसूरको कसूरदार रवि लामिछानेको मुद्दामा क्लीन चिट दिने निर्णय गरेकाले निजहरूबाट सम्बन्धित सकल फाइल झिकाई तत्काल अनुसन्धान गरी हदैसम्मको कारबाही गरी पाउन माननीय प्रमुख आयुक्तज्यूसमक्ष यो निवेदन पेस गरेको छु।’





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार १५:९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया