अयोग्य लडाकुलाई राहत दिन बुधबारदेखि प्रक्रिया अघि बढाइने

अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबारदेखि आवश्यक प्रक्रिया अघि बढाउने

अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले बुधबादेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार प्रमाणीकरण भएका लडाकूलाई राहतको व्यवस्था गर्न लागिएको हो ।

गृहसचिव विनोदप्रकाश सिंहले सो राहत सकेसम्म चालू आर्थिक वर्षदेखि नै वितरण गरिने बताएका छन् ।  वितरणको काम चरणबद्ध रूपमा गरिने उनले बताए । मन्त्रिपरिषद् बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाई राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो ।

संयुक्त राष्ट्र संघीय मिसन नेपाल (अनमिन)को प्रमाणीकरणमा चार हजार आठ अयोग्य लडाकु रहेका छन् । यसअघि ०७३ सालमा उनीहरूलाई दुई लाख रुपैयाँ राहत दिने भनिए पनि रोकिएको थियो । 





  • प्रकाशित मिति : चैत ७, २०७९ मंगलबार २०:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया