चीनको दक्षिणपश्चिमी गुइझोउ प्रान्तमा भएको कोइला खानी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार गुइझोउको क्वानक्सी गुली सहरमा निर्माणाधीन कोइला खानीमा आइतबार बिहान भएको उक्त दुर्घटनामा पाँचजना फसेको बताइएको थियो ।
दुर्घटनापछि अस्पताल लैजाँदै गर्दा एक जनाको मृत्यु भएको थियो । मङ्गलबार बिहान उद्धारपछि फसेका पाँचजना भने मृत अवस्थामा फेला परेका थिए ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।