टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष लामिछाने मृत फेला
फरकधार / ८ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण लामिछाने मृत अवस्थामा फेला परेका छन् । उनी टेक्ससस्थित ने आफ्नै घरमा मृत फेला परेका हुन् । 



मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल लागिएको छ । लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए ।    



उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सक्रिय थिए । टेक्ससमा व्यवसाय गर्दै आएका लामिछाने सक्रिय सामाजिक अभियन्ताका रूपमा परिचित थिए ।  









  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १०:१८:१६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया