दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनजनाको मृत्यु
फरकधार / ८ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपालगञ्जबाट ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।



प्रहरीका अनुसार दैलेखको गुराँस गाउँपालिका–४ तालपोखरीस्थित सुर्खेत–दैलेख सडक खण्डमा भे १ क २२०१ न‌म्बरको ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको हो । 



सडकको माथिल्लो मोडबाट करिब १५० मिटर तल तल्लो मोडमा ट्रक खस्दा ट्रक चालक अन्दाजी ३१ वर्षीय कृष्ण चौधरी, २६ वर्षीय लक्षिराम चौधरी र २३ वर्षीय विष्णु चौधरीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।  



प्रहरीका अनुसार ट्रकका सहचालक प्रकाश कुमाई भने सकुशल छन् । 







  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १०:४४:२२,   अन्तिम अपडेट : चैत ८, २०७९ बुधबार १०:४६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया