सगरमाथा हाइड्रोपावरको आइपिओ खुला

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट पश्चात् सर्वसाधारणका लागि आइपिओ निष्कासन खुला गरेको छ ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ४९ प्रतिशतले हुन आउने ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुन आउने ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । 





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १२:३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया