सानिमा मिडल तमोरको आइपिओ बाँडफाँट

सानिमा मिडल तमोर हाइड्रोपावर कम्पनीको आइपिओ बाँडफाँट भएको छ ।  

बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा आज भएको बाँडफाँटमा ४ लाख २४ हजार ८९३ जनाले सेयर पाएका छन् । जसमध्ये ४ लाख २४ हजार ८८५ जनाले १० कित्ताको दरले र ८ जनाले ११ कित्ताको दरले सेयर पाएका हुन् । 

उक्त आइपिओका लागि कुल १३ लाख ५६ हजार ३४१ जना आवेदकले आवेदन दिएकामा ७ हजार ९९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता आइपिओ निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५ प्रतिशतले हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता सेयरमध्ये ४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री गरिसकेको छ । 

यस्तै, ५ प्रतिशत अर्थात् २ लाख ४९ हजार ९३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कम्पनीले  सर्वसाधारणमा वितरण गरेको हो । 



लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । 



  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार १२:२७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया