झुटो उजुरी दिएका अमेरिकन एक्टर जुसी स्मोलेट आफैँ परे फन्दामा

सिकागो– अमेरिकन एक्टर तथा सिंगर जुसी स्मोलेट प्रहरीलाई झुक्याएको आरोपमा पक्राउ परेका छन् । सिकागो प्रहरीका अनुसार उनले दुई मास्कधारीले आफूमाथि आक्रमण गरेको दाबी गरेका थिए । उनीहरुले आफूलाई रंगभेदी र ‘होमोफोबिक’ शब्दहरु उच्चारण गर्दै पिटेको उनले बताएका थिए । 

३६ वर्षे ‘काला’ जातिका स्मोलेट खुला रुपमै तेस्रो लिंगी हुन् । जनवरी २९ मा उनले राष्ट्रपति ट्रम्पका दुई समर्थकले आफूलाई पक्रेर हिर्काएको र शरीरमा ‘ब्लिच’ खन्याएको भन्दै प्रहरीमा उजुरी दिए । 

आक्रमण भएको उजुरी दिएपछि सामाजिक सञ्जालमा उनले व्यापक सहानुभूति र समर्थन पाए । तर, अनुसन्धानका क्रममा उनको बयान झुटो साबित भयो । 

गत साता प्रहरीले स्मोलेटले घटना भएको भनेको क्षेत्रको सिसिटिभी फुटेज हेरी शंकास्पद दुई दाजुभाइलाई पक्रिएको थियो । अनुसन्धानमा ती दुईले स्मोलेटसँगै टिभी सो ‘इम्पायर’मा काम गरेको पाइयो । उनीहरुले यस्तो केही नगरेको पाएपछि दुई दिनपछि प्रहरीले कुनै मुद्दा नै नचलाई दुवैलाई रिहा गर्यो । 





  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार २१:१०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया