जिल्ला प्रशासन कार्यालय काठमाडाैंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्नेलाई ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।
मंगलबार काठमाडौंको बानेश्वरबाट प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेत छन् ।
उनीहरुलाई ५ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा उनीहरुलाई थुनामा राख्न अनुमति दिएका हुन् ।
मंगलबार ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्न जाँदै गर्दा ३ जनाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरु ‘स्वतन्त्र युवा अभियन्ता समूह’का सदस्य हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।