हरेक वर्ष चैतेदसैँमा मनाइने विक्रमबाबा मेला सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मंगलबार पूजा भएपछि मेला सुरु भएको हो ।
मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुंगा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको छ ।
केरुंगा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेलका अनुसार पूजा व्यवस्थापनका लागि २८ सदस्यीय समिति गठन गरिएको छ । मन्दिरमा पूजा गर्ने समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।