जनकपुरधामका एक वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामका एक वडाध्यक्ष र वडासचिवलाई घुससहित पक्राउ गरेको छ ।  

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–११का वडाध्यक्ष अर्जुन चौधरी र सोही वडाका वडासचिव माधव रायलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको हो ।

स्थानीय विवाहमण्डप पछाडि रोहन होटलबाट उनीहरू दुवैजनालाई पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासका प्रहरी नायव उपरीक्षक सुभाष रायले जानकारी दिए । 

बुधबार साँझ दुवैजनालाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए । घुस रकमबारे उनले अहिले केही खुलाएनन् । आरोपीद्वय चौधरी र रायमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ८, २०७९ बुधबार २१:५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया