भक्तपुरको लोकन्थलीबाट भारतीय नागरिकसहित १६ जुवाडे पक्राउ

भक्तपुरको एक क्याफेबाट १६ जना जुवाडे पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट दुई भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ परेका हुन् ।  

उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार क्याफेका सञ्चालक दिलीप गिरीसहित टीकाराम गिरी, जितबहादुर विश्वकर्मा, नवराज बोहरा, सन्तोष श्रेष्ठ, कसाङ लामा, शंखबज्र लामा, सन्तोष चौलागाईं, सुमन खनाल, गोपाल कुइँकेल, कृष्णबहादुर मोक्तान, विक्रम ब्लोन मोक्तान, कृष्ण बुढाथोकी, छवाङ वाइबा, भारत घर भएर कुपण्डोल बस्ने मदन मण्डल र सुनिल कुमारलाई पक्राउ गरिएको हो ।

प्रहरीले जुवाको खालबाट नेपाली २ लाख ४२ हजार तथा भारतीय ४८ हजार ५ सय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।  





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार ८:११:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया