गोरखाको हिउँपहिरोमा फसेका दुईजनाको सकुशल उद्धार
फाइल तस्बिर

गोरखाको हिउँपहिरोमा फसेका पूर्वी नवलपरासीका दुई जनाको सकुशल उद्धार गरिएको छ ।  

गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासी दलदले निवासी सौरभ खनाल र उनकी साथी अनिता बुधबार साँझदेखि हिउँपहिरोमा फसेका थिए । 

बिहीबार बिहान सुरक्षाकर्मीको टोलीले उनीहरूलाई चुमनुब्री गाउँपालिकाको धर्मशालाबाट उद्धार गरेको हो । उद्धारमा गएको टोलीले उनीहरूलाई आज गोर्खाको चुमनुब्री गाउँपालिकाको धर्मशाला भन्ने स्थानमा भेटिएको हो ।  

उनीहरू समुद्री सतहबाट ५ हजार १ सय मिटरको उचाइमा भेटिएका थिए । उनीहरूलाई अहिले ५ सय मिटर तलसम्म बोकेर झारिएको हो ।  





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १०:११:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया