ट्राफिक प्रहरीले यान्त्रिक चेकिङ गर्दा २६ सवारी कारबाहीमा

काठमाडौंको कीर्तिपुरमा ट्राफिक प्रहरीले बिहीबार विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
 
उक्त चेकिङमा १ सय १५ भन्दा बढी सवारीसाधन चेक गर्दा १९ वटा ह्याण्डब्रेक ठीक नभएका र ७ वटा लाइटहरु दुरुस्त नभएका २६ वटा सवारीसाधन फेला परेपश्चात् तिनका चालक कारबाहीमा परेका हुन्।

यान्त्रिक अवस्था ठिक नभएका सवारीसाधनलाई मर्मत गर्ने र तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने जनाइएकाे छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौंको कीर्तिपुर क्षेत्रमा आज खटिएकाे थियाे । 

सवारीसाधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न उक्त टोली खटिएका हाे ।
 
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियमित रुपमा आफ्नो सवारीसाधनको अवस्था चेक गरी आवश्यक मर्मतसम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायी, सवारीधनी तथा चालकलाई अनुरोध गरेका छन् । 





  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १८:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया