विद्यार्थीलाई पायक पर्नेगरी परीक्षा केन्द्र राख्न प्रमुख विद्यार्थी संगठनकाे माग

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने परीक्षामा विद्यार्थीलाई पायक पर्नेगरी केन्द्र निर्धारण गर्न प्रमुख विद्यार्थी संगठनले माग गरेका छन् ।

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ), नेकपा एसनिकट अनेरास्ववियू र माओवादीनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै 
यस्ताे माग गरेका हुन् ।  

बिहीबार तीन संगठनले क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याइ पायक पर्ने ठाउँमा राख्‍न माग गरेका हुन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र नेकपा(एस)निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले संयुक्त रुपमा पायक पर्ने स्थानमा परीक्षा केन्द्र तोक्न माग गरेका छन् ।

यसअघि एमालेनिकट अनेरास्ववियु अध्यक्ष समिक बडालले छुट्टै विज्ञप्ति जारी गरी विद्यार्थीलाई परीक्षाकेन्द्र टाढा भएकाे भन्दै नजिक सार्न माग गरेका थिए । 

‘भर्खरै सम्पन्न स्ववियुको निर्वाचनमा विद्यार्थी सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष माग गर्दछौँ,’ तीन विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



त्रिवि परीक्षा नियन्त्रण कार्यालयले यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षाको परीक्षा केन्द्र एउटा जिल्लाको क्याम्पसको परीक्षा अर्को जिल्लामा राखेको छ ।



  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार १८:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया