यस वर्ष एसइईमा मधेस प्रदेशबाट ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मधेस प्रदेशबाट ७९ हजार ९४ जना विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास निर्देशनालय जनकपुरधामले प्रदेशभरिका जिल्लाका गरी २७८ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । 

परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन निर्देशनालयले आग्रह गरेको छ । मधेस प्रदेशका आठ जिल्लामध्ये सबभन्दा बढी विद्यार्थी संख्या धनुषामा छन् । यहाँ ४१४ प्रविधितर्फ १२ हजार १४६ विद्यार्थीले एसइई परीक्षामा सामेल हुन योग्य ठहरिएको छ । 

धनुषामा परीक्षार्थीका लागि ४३ वटा परीक्षा केन्द्र तोकिएको छ । त्यस्तै, सबभन्दा कम विद्यार्थी संख्या रौतहट जिल्लामा छ । यहाँ २३१ प्राविधिकतर्फसहित आठ हजार ९५७ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । यहाँ ३५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

यसैगरी, १० हजारभन्दा बढी र ११ हजारभन्दा कम संख्या विद्यार्थी भएको दुईवटा जिल्ला छन् । सिरहामा २४९ प्राविधिक विद्यार्थीसहित १० हजार १५० जना विद्यार्थी छन् । यहाँ ४० वटा परीक्षा केन्द्र तोकिएको छ । 

सर्लाहीमा २९२ प्राविधिकतर्फसहित १० हजार ९१६ विद्यार्थीका लागि ३७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास निर्देशनालय जनकपुरधामका निर्देशक चूडामणि फुयाँलले जानकारी दिए । 

यीबाहेक चारवटा जिल्लामा नौ हजारभन्दा बढी र १० हजारभन्दा कम संख्यामा विद्यार्थी एसइई परीक्षामा सहभागी जनाउँदै छन् । सप्तरीमा प्राविधिकतर्फ २९२ सहित नौ हजार ५२५ विद्यार्थी छन् । 



यहाँ ३६ वटा परीक्षा केन्द्र तोकिएको छ । महोत्तरीमा प्राविधिकतर्फ ४३६ समेत गरी नौ हजार ९४ विद्यार्थीको लागि ३१ परीक्षा केन्द्र, बारामा ३७८ प्राविधिकतर्फसहित नौ हजार १७९ विद्यार्थीका लागि ३२ परीक्षा केन्द्र र पर्सामा १८५ प्राविधिकतर्फका गरी नौ हजार १६५ विद्यार्थीले एसइईमा सहभागी हुनेछन् । त्यहाँ २५ वटा परीक्षा केन्द्र तोकिएको छ । 



  • प्रकाशित मिति : चैत ९, २०७९ बिहीबार २०:६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया