मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको सहज जित

पानमाविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व विजेता अर्जेन्टिनाले २–० को सहज जित निकालेको छ ।

आज बिहान घरेलु मैदानमा सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सी र युवा मिडफिल्डर थियागो अल्माडाले एक/एक गोल गरे ।  

ब्युनर्स आयर्समा भएको खेलमा ७८औँ मिनेटमा परिवर्तित खेलाडी अल्माडाले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाए ।

मेस्सीले ८९औँ मिनेटमा फ्रिकिकमार्फत सुन्दर गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

योसँगै मेस्सीले व्यावसायिक खेल करियरमा ८ सय गोल पूरा गरेका छन् ।  





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ७:५५:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया