दाइजोसम्बन्धी कसुरमा जेल चलान भएका डा. पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ ।
न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले ३ लाख रुपैयाँ धरौटी लिएर छाड्न बिहीबार आदेश दिएको हो ।
श्रीमती नेहा चौधरीले पंकज, उनका बुबा, आमा, बहिनीसहित पाँचजनाविरुद्ध दाइजो र घरेलु हिंसालगायतका मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा पक्राउ परेका महोत्तरी रामगोपालपुर नगरपालिका–५ का पंकज २२ पुसमा जिल्ला अदालत महोत्तरीको आदेशमा पुर्पक्षका लागि जेल गएका थिए ।
पंकजका बुबा ६० वर्षीय रामप्रवेश चौधरी पनि पुर्पक्षका लागि गत ३० फागुनदेखि जलेश्वर कारागारमा छन् । आमा, बहिनी र ज्वाइँ भने घर छाडेर हिँडेका छन् ।
तीन वर्षको प्रेम सम्बन्धपछि २५ फागुन २०७८ मा नेहा र पंकजले सामाजिक परम्पराअनुसार जनकपुरधामको राजदरबार होटलमा विवाह गरेका थिए ।
विवाहको केही दिनमै दाइजो कम भएको भन्दै पंकजका परिवारले नेहालाई यातना दिएकी थिइन् । पंकजको कुटाइबाट नेहा अस्पतालसमेत भर्ना भएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।