एटीसीसँग अश्लील बोल्नेसहित तीन पाइलट निलम्बित
प्रतीकात्मक तस्वीर

एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लील शब्द बोल्ने एक पाइलट निलम्बनमा परेका छन् ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं–लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने अन्नपूर्ण हेलिकोप्टरका एक पाइलटलाई निलम्बित गरेको हो । 

प्रवक्ता निरौलाले भने, ‘यही २१, मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकप्टरका एक पाइलटले मिस कम्युनिकेशन गरेको हुनाले निजलाई ग्राउण्डेड गरिएको छ ।’  

त्यस्तै, उडान सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने थप दुई हेलिकोप्टर कम्पनीका पाइलटलाई ग्राउण्डेड गरिएको छ । एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एरोस्पेसमा हेलिकोप्टर उडाएका थिए ।  

यी तीनैजना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकोप्टर उडाउन पाउने छैनन् । 





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १०:७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया