सिरहामा इँटाभट्टाको पर्खाल भत्किँदा महिलाको मुत्यु, दुईजना घाइते
फाइल तस्बिर

सिरहाको गोलबजार नगरपालिका–८​ मा इँटाभट्टाको पर्खाल भत्किएर एक महिलाको मुत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।

गोलबजारस्थित सगुन इँटा उद्योगको पर्खालले किच्दा शुक्रबार बिहान भारतको पश्चिम बङ्गाल राज्यकी महिमा बिबीको मृत्यु भएको हो ।

पोलेको इँटा निकाल्नेक्रममा भट्टीको पर्खाल भत्किएर किच्दा घाइते भएकी उनको उपचारका लागि लहान लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।    

घाइते ३५ वर्षीया बबी बिबी र ४० वर्षीया ममता बिबीको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  





  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार ११:२३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया