नाबालिग बलात्कारको आरोपमा शिक्षक पक्राउ
फरकधार / १० चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

धनुषाबाट ११ वर्षीया नाबालिगमाथि बलात्कारको आरोप लागेपछि फरार रहेका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३५ वर्षीय शिक्षक दीपेन्द्र यादव रहेको प्रहरीले जनाएको छ । 



जिल्लाको सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर शिक्षक यादवले जबर्जस्ती करणी गरेको बताइएको छ ।
 
नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक यादव पक्राउ परेको  इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।



उनले शिक्षक यादवलाई सिरहाको बन्दीपुरबाट पक्राउ गरिएको बताए । पक्राउ परेका यादवलाई आवश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा राखिएको छ । 









  • प्रकाशित मिति : चैत १०, २०७९ शुक्रबार १९:३८:४०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया