\
युरो २०२४ को छनोटमा नेदरल्यान्ड्सविरुद्ध फ्रान्स ४–० गोल अन्तरले विजयी भएको छ ।
गएराति घरेलु मैदान पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा फ्रान्सको जितमा कप्तान केलियन एम्पाप्पेले २, उपकप्तान एन्टोइन ग्रिजमन र डेअट उपमेकानोले १–१ गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै एम्बाप्पेको पासमा ग्रिजमनले गोल गर्दै फ्रान्सले सुरुआती अग्रता दिलाए । आठौँ मिनेटमा डेअट उपमेकानोले फ्रान्सको अग्रता दोब्बर पारे । २१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
खेलको ८८औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ४–० को फराकिलो जित दिलाए । यो जितसँगै समूह ‘बी’ मा रहेको फ्रान्सले ३ अंक जोडेको छ । नेदरल्यान्ड्स भने अंकविहीन छ ।
यही समूहको अर्को खेलमा ग्रीसले जिब्राल्टारलाई ३–० ले हरायो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।