उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एक दुई दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन् । आज ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गठबन्धनभित्र मन्त्रालय बाडफाँटको टुंगो लगाएर सरकारले पूर्णता पाउने बताएका हुन् ।
तर मन्त्रालय बाँडफाँडको विषयमा भने सत्तारुढ दलहरुबीच किचलो बढ्दै गएकोबेला उनले सरकारले केही दिनमै पूर्णता पाउने बताए । उनले भने, ‘सरकार यसमा गम्भीर छ । एक दुईभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।