\
जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय सञ्जय पुल्मी र धादिङ तिरपुर–३ मुरचोकका ३७ वर्षीय किरण गजमेर रहेका छन् ।
शनिबार दोभान प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा दुई युवकलाई पक्राउ गरेको हो ।
बुटवबाट पाल्पातर्फ गइरहेको युवक सवार ग ३ च ५९०१ नम्बरको कारमा चेकजाँच गर्ने क्रममा नुफिन ५० एप्पुल, डाइजेपाम ५० एप्पुल र फेनारगत ५० एप्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
कारसहित दुवै युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।