राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा जाने भएका छन् । सचिवालयका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान साढे ९ बजे गोरखा जान लागेका हुन् ।
दरबार क्षेत्र अवलोकन, गोरखकाली मन्दिर दर्शनलगायतका लागि उनी गोरखा जान लागेका हुन् । राष्ट्रपति पौडेलले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम पनि छ ।
राष्ट्रपति कार्यालयका अनुसार उनी २ घण्टा गोरखामा रहनेछन् । राष्ट्रपति पौडेल आउने भएपछि गोरखा दरबार, गोरखकाली मन्दिरलगायत क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।