प्रहरीमा सुधार आवश्यक छ, मलाई दिन गनेर बस्ने छुट छैन : आइजिपी कुँवर

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर (आइजिपी) ले प्रहरीको आन्तरिक सुदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताएका छन् । 

आइतबार सिंहदरबारमा प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएपछि उनले प्रहरीले गर्ने राम्रा काम र विगतमा भएका त्रुटीहरू लुकाएर प्रशासन बलियो नबन्ने भएकाले प्रहरीमा सुधार आवश्यक रहेको बताएका हुन् ।  

प्रहरी प्रशासनको सुधार गर्ने दिन गनेर बस्ने छुट आफूलाई नरहेको पनि स्पष्ट पारे । उनले अपराधको रोकथाम र अनुसन्धानमा कुनै पनि बहाना र विकल्पबिना काम गर्ने प्रतिबद्धता जनाए ।

प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षाको उपलब्धता नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धानसँगको निरन्तर समन्वय, सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाइ नागरिकमा कानुनी राज्यको प्रत्याभूति दिलाउने प्रतिवद्धता पनि व्यक्त गरे ।

उनले नेपाल प्रहरीको क्रियाशीलतामा गुनासो आउन नदिने वचनबद्धता पनि व्यक्त गरे । 

‘नेपालको संविधानले मार्ग निर्देशन गरेको संघीय स्वरूपमार्फत विधिको शासन र मानव अधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रूपान्तरणद्वारा सुशासन र सामाजिक न्याय र सद्‌भावको सुनिश्चित गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलकासाथ कर्तव्यनिष्ठ छ । प्रहरी कस्तो छ भन्ने कुरा लुकाउनुपर्ने आवश्यकता छैन, यी पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुन्छ भन्ने पक्षमा म छैन । प्रहरीमा सुधार आवश्यक छ । अब त्यसको लागि दिन गरेर बस्ने छुट छैन,' उनले भने ।  



नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले अपराध, अपराध प्रवृत्ति र दबाबको सामु कुनै प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गरे । 



  • प्रकाशित मिति : चैत १२, २०७९ आइतबार १२:२४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया