लक्जमबर्गको पोस्टमा पोर्चुगलको ६ गोल, रोनाल्डोको उत्कृष्ट प्रदर्शन

युरो २०२४ को छनोटमा पोर्चुगलले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हरायो ।

समूह ‘जे’ को खेलमा पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे ।

त्यस्तै, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले एक/एक गोल थपे । खेलमा नवौँ मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरुआती अग्रता दिलाए ।

१५औँ मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । त्यसको ३ मिनेटपछि सिल्भाले गोल गर्दै पोर्चुगल ३–० ले अगाडि बढ्यो । 

खेलको ३१ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ४–० को फराकिलो अग्रता दिलाए । खेलको अन्तिमतिर वैकल्पिक खेलाडी ओटाभियो र राफेल लिओले १–१ गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाए ।

पोर्चुगल समूह ‘जे’ को शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलले लिकटेन्स्टाइनलाई ४–० ले हराएको थियो । उक्त खेलमा पनि रोनाल्डोले २ गोल गरेका थिए । 



योसँगै उनले युरोपियन च्याम्पियनसिप छनोटमा पोर्चुगलका लागि ३७ खेलबाट सर्वाधिक ३५ गोल गर्ने रेकर्ड पनि बनाए ।  



  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ७:२४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया