बाजुरामा भूकम्पको धक्का
फरकधार / १३ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका अनुसार गएराति १० बजेर २७ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।  



भूकम्पको धक्का बाजुरा सदरमुकामका साथै आसपासका जिल्लामा पनि महसुस गरिएको थियो । भूकम्पले क्षति पुर्याएको विवरण भने आइसकेको छैन ।



केही महिनायता बाजुरामा लगातार भूकम्प गइरहेको छ । यसअघि बाजुरामा फागुन १० गते ५.२ म्याग्निच्युडको र माघ १० गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । 



माघ १२ गते पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।  







  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ८:१७:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया