चैते दसैँमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा
फरकधार / १३ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

गण्डकी प्रदेश सरकारले चैते दसैँ पर्वका अवसरमा यही १५ चैतमा सार्वजनिक बिदा दिने भएको छ । 



आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को १८ चैत २०७८ को निर्णयअनुसार चैते दसैँमा सार्वजनिक बिदा दिइएको हो । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख गरिएको छ ।



प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयका उपसचिव चण्डिका पौडलले जानकारी दिए ।



हरेक वर्ष चैत्र शुक्ल अष्‍टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दसैँ मनाउने गरिन्छ ।    







  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार ८:४४:४१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया