मोरङको कटहरी गाउँपालिका–४ स्थित जुडी पुलमा मोटरसाइकल दुर्घटना युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार विराटनगर–रंगेली सडकखण्डमा को २ प ३५३० नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गएराति धनपालथान गाउँपालिका–७ का ३७ वर्षीय मुकेश यादवको मृत्यु भएको हो ।
मोटरसाइकल चालक यादवको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।