राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारी बैठक आज बस्दैछ । पार्टीका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्न लागेको हो ।
बैठकमा १० वैशाखमा हुने तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।
साथै, बैठकमा केही समयपछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठनिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।