कोशी प्रदेश सरकारले प्रदेशको नामकरण विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको हो ।
संयुक्त विरोध प्रदर्शनका क्रममा घाइते लाजेहाङको उपचारका क्रममा मृत्यु भएको थियो । चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लंघन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्यास र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो ।
उक्त घटनामा घाइते भएका लाजेहाङको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।