६२औँ विश्व रङ्गमञ्च दिवसको अवसरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान तथा माला आर्टस् एकेडेमीको संयुक्त आयोजनामा सोमबार प्रज्ञा प्रतिष्ठानको प्रांगणमा विश्व रंगमञ्च दिवस मनाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रंगमञ्च सन्देशका रुपमा अन्तर्राष्ट्रिय रंगमञ्च संस्थाले छनौट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गरिएको थियो ।
सन्देश डा. शिव रिजालले नेपालीमा अनुवाद गरेका थिए । कार्यक्रममा वरिष्ट रंगकर्मी सुनिल पोखरेलले ६२औँ रंगमञ्च सन्देशका लेखक समिहा अयुवकाबारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान कुलपति भूपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञलगायत वरिष्ठ स्रष्टा तथा सर्जकको उपस्थिति थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।