मुख्यमन्त्रीबाट बाहिरिनुपर्ने भएपछि खगराजले भने– समृद्धिको बाधक अस्थिरता

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिक अस्थिरताका कारण नेपाल विकास निर्माण र समृद्धितर्फ अगाडि बढ्न नसकेको बताएका छन् । जिल्ला समन्वय समिति कास्कीको छैटौँ जिल्ला सभामा बोल्दै उनले सरकार परिवर्तनले समृद्धिमा बाधा पुग्ने दाबी गरे । 

राष्ट्रपतिको निर्वाचनमा पुरानो गठबन्धन ब्युँतिएपछि माओवादीले अधिकारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । अल्पमतमा परेका अधिकारीलाई राजीनामा गर्न कांग्रेसलगायत दलले दबाब बढाएका छन् । सरकारबाट बाहिरिनुपर्ने निश्चित भएपछि अधिकारीले यस्तो बताएका हुन् ।
 
संसद्मा बहुमत र अल्पमतको खेलका कारण नयाँ बन्ने सरकारले लामो समय काम गर्न नपाएको भन्दै उनले नेपालमा दिगो विकास र समृद्धिको बाधक अस्थिरता रहेको दाबी गरेका हुन् । 

प्रतिनिधिसभा र प्रदेशसभाबाट बन्ने सरकार छोटो समयमा उदय र विलय हुने थलो बनेको बताउँदै उनले अब जुनसुकै दल सरकारमा गए पनि कानून पालना गरेर इमान्दारीपूर्वक जनताको सेवामा जुट्नुपर्ने बताए ।





  • प्रकाशित मिति : चैत १३, २०७९ साेमबार २०:३१:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया